सामाजिक सुरक्षा कोषविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी



काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

अन्तिम आदेश जारी गर्न माग गर्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखान अन्तरकालिन आदेश जारी गरेको हो ।

विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अदालतले दुबै पक्षलाई छलफलका लागि असार ३१ गते बोलाएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषको एनेमा भएका कैयन व्यवस्थामा आफूहरुको अहसमति भएको र माग पूरा नभएसम्म कोषमा आबद्ध हुने भन्दै आन्दोलनमा उत्रिएका छन् ।


क्लिकमान्डु