टीसीएलका नयाँ वासिङ मेसिन बजारमा




काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजी ईलेक्ट्रोनिक्सको ईओएल प्रालिले टीसीएल ब्राण्डको नयाँ मोडलका वासिङ मेशिन बजारमा ल्याएको छ ।

फ्रन्ट लोडिङ मोडलमा उपलब्ध टीसीएलका वासिङ मेशिनका नयाँ मोडलमा स्मार्ट विशेषता छन् । फ्रन्ट लोडिङ वासिङ मेशिनमा अधिक-हाई तापक्रममा स्टेरलाईज गर्ने र कम पानीमै धेरै लुगा धुन मिल्ने क्षमता छ ।

त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधिभित्रै लुगा धुन मिल्ने यस वासिङ मेशिनमा लुगा घट्ने वा खुम्चिने समस्या नआउने कम्पनीको दाबी छ ।
बीएलडीसी मोटर जडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेण्टी र ५ वर्षको पीसीबी वारेण्टी छ । पी सिरिज मोडलमा उपलब्ध टीसीएलका वासिङ मेशिनहरु ८ केजी र १० केजी का मोडलहरुमा उपलब्ध छन् ।

१४०० आरपीएम ड्रममा एलईडी लाईट युक्त एलईडी टच प्यानल, २४ आवर डिले, १६ वास प्रोग्रामलगायत विशेषता छ । बीएलडीसी इन्भटर जडान रहेको यस वासिङ मेसिन अझ बढी शक्तिशाली, बलियो र न्यून ध्वनीमा काम गर्ने क्षमता राख्दछ ।

उच्च क्षमता दिनुका साथै विद्युत पनि कम खपत हुन्छ ।


क्लिकमान्डु