कावासोतीमा सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गरे आन्दोलन



काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्धता हुन असहमति जनाउँदै नवलपरासीका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले प्रदर्शन गरेका छन् ।

नवलपरासी कावासोतीमा अवस्थित बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले कोषका विभिन्न बुँदाहरुको संशोधन माग गर्दै कालो ब्यानर प्रर्दशन गरी आन्दोलन गरेका हुन् ।

कर्मचारीहरुले कालो ब्यानरमा कोषमा अवद्धता हुन नसक्ने बुँदाहरु उल्लेख गर्दै कोषको विरोध गरेका थिए । सो विरोध कार्यक्रममा कावासोती बैंकर्स एशोसियसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जबरजस्ती आवद्ध गराएमा कोषमा कर्मचारीहरु असुरक्षित भएकोले विरोध गरिएको बताए । कोषमा आवद्ध हुँदा कर्मचारीले दुःख गरी गरेको बचत भोलीको दिनमा असुरक्षित हुने देखिएको उनको भनाइ छ ।

सो विरोध कार्यक्रममा कावासोती स्थिीत सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको उपस्थिीति रहेको थियो ।


क्लिकमान्डु