इजरायल रोजगारीका लागि साउन पहिलो साता आवेदन खुलाउने तयारी, यस्तो छ मापदण्ड



काठमाडौं । पछिल्लो नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायल रोजगारीका लागि साउनको पहिलो हप्तादेखि आवेदन दिन पाइने भएको छ ।

रोजगारीका लागि इजरायल जाने नेपाली युवाका लागि सरकारले साउनको पहिलो हप्तामा अनलाइनमार्फत् आवेदन खुलाउने तयारी गरेको हो ।

इजरायलले केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने भनिए पनि पहिलो चरणमा भने केयर गिभर मात्रै लैजाने तयारी गरेको छ ।

पहिलो चरणमा केयर गिभर कामदार लैजान इच्छुक इजरायलले २०७७ साल माघ ८ गते ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर गरिसकेको छ ।

सोही अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धि निर्देशिका, २०७८’ जारी गरिसकेको छ । उक्त निर्र्देशिका जारी गरेसँगै इजरायल रोजगारीमा जान इच्छुक कामदारको लागि बाटो खुलेको हो ।

सरकारले इजरायल रोजगारीमा पठाउनका लागि छुट्टै संयन्त्र तयार गरिसकेको हुनाले आगामी वर्षको पहिलो हप्तामै अनलाइनमार्फत् आवेदन खोल्ने तयारी भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टरार्यले जानकारी दिए ।

उनका अनुसार असार मसान्तसम्ममा आवेदन खुलाउने तयारी गरेको थियो । तर, आन्तरिक कार्यमा केही ढिला भएकाले साउनको पहिलो हप्तामा आवेदन खुल्ने उनले बताए ।

विभागले गत फागुनमैै आवेदन माग गर्ने गरी तयारी भए पनि छनौट कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत हुन ढिलाइ भएपछि आवेदन लिने काम रोकिएको थियो ।

अहिले सरकारले उक्त कार्यविधि स्वीकृत दिएसँगै विभागले आन्तरिक परीक्षालगायतका अन्य कार्यका लागि छुट्टै संयन्त्र निर्माण गरी अनलाईनमार्फत् आवेदन खुलाउने व्यवस्था भएको उनले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको स्वीकृतिमा ढिला भएकाले र कोरोनाले गर्दा आन्तरिक कार्यमा पनि केही प्रभाव भएकाले असार मसान्तसम्ममा खुलाउन नसकेको उनले जिकिर गरे ।

त्यस्तै अहिले विभागले अन्य प्राविधिक काम कार्य अन्तिम चरणमा पु¥याएको छ । साथै, असार मसान्तसम्ममा सबै कार्य सकाएर आवेदन खोल्ने तयारी गरेको उनको भनाइ छ ।

‘सरकारले इजरायल पठाउनका लागि छुट्टै कार्यविधि मन्त्रिपरिषद्बाटै ढिलाइ भएकाले आवेदनको माग गर्न ढिला भएको हो,’ उनले भने, ‘अब साउन पहिलो हप्तासम्ममा खुलाउने गरी इजरायल पक्षसँग छलफल गरिरहेको छ । त्यसैले छिटोभन्दा छिटो इजरायल रोजगारीका आवेदन खुल्नेछ ।’

पहिलो चरणमा ५ सयमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष श्रमिक छनोट गर्ने गरी आवेदनको तयारी गरिएको विभागले जनाएको छ ।

विभागले स्वीकृतिको चरणमा रहेको कार्यविधिका आधारमा अनलाइनमार्पmत् आवेदन लिने तयारी गरेको हो । साथै विभागले आवेदनको ढाँचासमेत तयार गरेर केही दिनभित्र सूचना जारी गरी गर्ने भएको तयारी पूरा गरेको छ । जसमा आवेदकहरूले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने विभागले जनाएको छ ।

कामदार छनौट तथा सम्झौता प्रक्रिया
इजरायलस्थित नेपाली राजदूतावासमा इजरायल सरकारबाट रोजगारीको माग प्राप्त भएपछि राजदूतावासले नेपाल सरकारले स्वीकृत गरेको ‘वैदेशिक सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ बमोजिम प्रमाणिकरण गरी रोजगारीको माग वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गराउनु पर्नेछ ।

प्रणालीमार्फत् रोजगारीको माग प्राप्त भएपछि १४ दिनभित्र विभागले पीआईबीएसँग समन्वय गरी कार्यान्वयन सम्झौतमा आवश्यक विवरण खुलाउनुपर्नेछ ।

उक्त विवरण खुलाएपछि कम्तीमा २१ दिनको म्याद दिई विभागको वेबसाइट र राष्ट्रिय स्तरको पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्नेछन् ।

जसमा इजरायलमा माग भएको रोजगारीको पद र संखया, कार्य विवरण तथा सेवा सुविधाको शर्त, आवश्यक योग्यता, दरखास्त दिने प्रक्रिया, छनौट प्रक्रियाको समान्य जानकारी र पीआईबीए र विभागले निर्धारण गरको अन्य आवश्यक विवरण सुचनामा उल्लेख गर्ने जनाएको छ ।

यस्तो छ योग्यता
सरकारले जारी गरेको निर्देशिका अनुसार इच्छुक कामदारको विभिन्न योग्यता तोकेको छ । जसमा निर्देशिका बमोजिम रोजगारीका लागि दरखास्त पेश गर्ने उम्मेदवारको कार्यान्वयनमा सम्झौता तोकिएको योग्यताको अतिरिक्त योग्यता पूरा गरेको हुनुपर्नेछ ।

-नेपाली नागरिक
– २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
– कम्तीमा १.५ मिटर उचाई र ४५ केकी तौल भएको,
– कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको,
– अङ्ग्रेजी भाषाको ज्ञान भएको,
– शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहेको,
– असल चरित्र भएको

कस्ता व्यक्ति योग्य हुने छैन
सरकारले इच्छुक व्यक्तिलाई आवश्यक योग्यतासहित के–कस्ता व्यक्ति जानको लागि अयोग्य हुनेछ भन्ने स्पष्ट निर्देशिकामा उल्लेख गरेको छ ।

निर्देशिका अनुसार विगतमा इजरायल गइ काम गरेको व्यक्ति अयोग्य हुनेछ । त्यस्तै, बाबु, आमाज, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरेको वा कार्यरत गरेको र लागूपदार्थ वा मादक पदार्थ दूव्र्यसनमा लागेको भएका इजरायल जानको लागि अयोग्य हुनेछ ।

त्यस्तै, सरकारले दरखास्त संकलनका लागि (१) दफा ३ को उपदफा (२) बमोजिक प्रकाशित सूचना बमोजिम इच्छुक योग्यता पुगेको उम्मेदवारले विभागले तोकेको अनलाइन प्रणालीमार्फत् दखास्त दिन सक्नेछन् ।

जसमा (२) उपदफा (१) बमोजिक परेका दरखास्त तथा दरखास्त साथ प्राप्त कागजात छानबिन गरी बिभागले योग्य देखिएका उम्मेदवारको दरखास्त स्वीकृत गर्नेछ ।

साथै, (३( उपदफा (२) बमोजिक दरखास्त स्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदावरलाई निजले दरखास्तमा उल्लेख गरेको मोबाइल नम्बरमा एसएसएसमार्फत् दिइनेछ । यसरी जानकारी दिँदा दरखास्त अस्वीकृत भएका उम्मेदवारको हकमा दरखास्त अस्वीकृत हुनुकोे कारण समेत खुलाउनुपर्नेछ ।

निर्देशिका अनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको सूची तयार गरी विभागले छनौट समिति समक्ष पेश गनुपर्ने जनाएको छ ।

यस्तो छ छनौट प्रक्रिया
मन्त्रालयले निर्देशिकामा छनौट प्रक्रिया स्पष्ट खुलाएको छ । जसमा स्वीकृत भई तोकेको बमोजिको सूचीमा रहेका उम्मेदवारको उचाई, तौल र अङ्ग्रेजी भाषा परीक्षणका लागि दरखास्त पेश गर्दा अनलाइन प्रणालीमार्फत् बुझाएका सक्कल कागजातसहित उपस्थित हुन विभागले सम्बन्धित उम्मेदावरलाई मिति, समय र स्थान तोकेको बमोजिमको माध्यमबाट सूचना गर्ने निर्देशिकामा उल्लेख छ ।

यस्तै, सूचना उल्लेख मिति, समय र स्थानमा उपस्थित उम्मेदवारको उचाई र तौलको परीक्षण गरी सोको विवरण सम्बन्धित उम्मेदवारको अनलाइन प्रणालीमा प्रविष्ट गर्नेछ ।

इच्छुक कामदारको उचाई र तौल परीक्षण गर्दा तोकेको बमोजिम पूरा हुने उम्मेदवारलाई अङ्ग्रजी भाषा परीक्षणमा सहभागी गराइनेछ । र, सो बमोजिमको उचाई वा तौल पूरा नहुने उम्मेदवारको नाम सूचीबाट हटाइनेछ ।

सरकारले तोकेको छनौट प्रक्रिया अनुसार अङ्ग्रेजस् भाषा परीक्षण गर्दा दफा ८ बमोजिमको सूची (रोष्टर) मा रहेका विज्ञ व्यक्तिको सहयोगमा परीक्षा गरिनेछ ।

साथै अङ्ग्रेजी भाषा परीक्षण गरी उम्मेदवारले प्राप्त गरेको अङ्क सम्बन्धित उम्मेदवारको अनलाइन प्रोफाइलमा सम्बन्धित विज्ञले आफैं प्रविष्ट गर्नेछ ।

त्यसपछि उम्मेदवारले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा छनौट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागसंख्या भन्दा २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्नेछ । अन्त्यमा सम्पूर्ण कार्य भइसकेपछि तयार गरिएको नामावली विभागले पीआईबीएलाई पठाई सोको विवरण विभागको वेबसाइटमा प्रकाशन गर्नेछ ।

अंग्रेजी भाषाको पाठ्यक्रम र परीक्षण विधि
सरकारले इजरायल रोजगारीका लागि अङ्ग्रेजी भाषा अनिवार्य गरेको छ । त्यसमा अङ्ग्रेजी भाषा परीक्षण गर्नका लागि छनौट समितिले पाठ्यक्रम, लिखित र मौखिक परीक्षाको अङ्कभार र परीक्षण विधि तयार गरी निर्देशन समिति समक्ष पेश गर्नेछ ।

पेश भएको पाठ्यक्रम, लिखित र मौखिक परीक्षाको अङ्कभार र परीक्षण विधि निर्देशक समितिले स्वीकृत गर्नेछ ।

इजरायल रोजगारीका लागि रोजगार सम्झौता पठाएको व्यक्ति रोजगारबीच हुने जनाएको छ । जसमा उत्तीर्ण भई पठाएको नामावलीबाट पीआईबीएले छनौट गरी पठाएको व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुने उल्लेख गरेको छ ।


क्लिकमान्डु