सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार ३ सय रुपैयाँले बढेर ९१ हजार ८ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कामय भएकोमा मंगलबार ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएकोमा मंगलबार ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ ।