राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा रामशरण पुडासैनी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका रामशरण पुडासैनी चयन भएका छन् । । बैंक संचालक समितिको आईतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिएका थिऐ । अध्यक्ष पुडासैनी अर्थ मन्त्रालयका राजश्व सचिव हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुंगाना तथा बमबहादुर मिश्रलगयात अन्य उच्च पदाधिकारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।