सेञ्चुरी बैंकका सीइओ तुलसीराम गौतमले दिए राजीनामा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा दिएका छन् ।

व्यक्तिगत कार्यव्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै गत असार २० गते ४ बजेतिर बैंक सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा पेश दिएका हुन् ।

राजीनामा पत्र सञ्चालक समितिको विचाराधिन अवस्थामा रहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु