दीपक भट्टराई रेल विभागको महानिर्देशकमा नियुक्त



काठमाडौं । रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णयबाट भट्टराईलाई महानिर्देशकमा नियुक्त गरेको छ । भट्टराईले आइबार नै पदभार ग्रहण गरेका छन् ।

भट्टराई मन्त्रालयको योजना महाशाखा प्रमुख तथा प्रवक्ता थिए । विभागकी महानिर्देशक प्रमिलादेवि बज्राचार्य खानेपानी मन्त्रालयको सचिवमा बढुवा भएकी छिन् । रिक्त रहेको विभागको महानिर्देशक पदमा भट्टराई नियुक्त भएका हुन् । विस २०४७ सालमा भट्टराई सहाय इन्जिनियरको रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।


क्लिकमान्डु