चल्न थाले सार्वजनिक यातायात

126
Shares

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भएका छन् ।

सरकारले जारी गरेको निषेधाज्ञा कारण विगत २ महिनादेखि बन्द रहेका सार्वजनिक यातायात मंगबारदेखि चल्न थालेका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका तीन सीडीओको संयुक्त बैठकले असार १५ गतेदेखि उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी चल्न दिने निर्णय गरेका थिए ।

असार १४ गतेको सीडीओहरुको निर्णय अनुसार एक साता निषेधाज्ञा थप गर्दै सार्वजनिक यातायात सञ्चालनमा ल्याउने निर्णय भएको हो । सार्वजनिक यातायात विहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्न पाउँछन् ।