सामाजिक सुरक्षा कोषले ८ प्रतिशत प्रतिफल बितरण गर्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने भएको छ ।
हालसम्म कोषमा जम्मा १४,५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता आबद्ध छन् । जसबाटत ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ।
कोषले सञ्चालन गर्ने औषधीउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र बुद्भावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम कोषबाट भुक्तानी भएको छ
कार्यविधिको दोस्रो संशोधन पछि मात्रै कोषमा १,३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख भन्दा बढी रकम संकलन भएको छ । यस बिचमा कोषमा निरन्तर रुपमा योगदानकर्ता तथा रोजगारदाताको संख्यामा बृद्धि भै रहेको छ ।
कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।