मन्त्रीहरुलाई थप जिम्मेवारी, विष्णु पौडेललाई अर्थसहित गृह मन्त्रालयको जिम्मेवारी



काठमाडौं । सरकारले मन्त्रीहरुको कार्यभार थप गरेको छ । सर्वोच्च अदालतले २० जना मन्त्रीहरुलाई संविधानको मर्म विपरीत नियुक्ती भएको भन्दै पदमुक्त गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जिम्मेवार थप गरेका हुन् ।

हाल प्रधानमन्त्री केपी ओलीसँग ४ जना मन्त्री छन् ।

कार्यभार अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नो भागमा राखेका छन् भने अर्थमन्त्री विष्णु पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ती, उर्जा, जलस्रो तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यसैगरी शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार थप गरिएको छ ।


क्लिकमान्डु