पदमुक्त भएका पर्यटनमन्त्री अगरियाले भनेः मन्त्री बनियो त्यही ठूलो कुरा हो
काठमाडौं । सर्बोच्च अदालतको आदेशबाट पद गएका पर्यटनमन्त्री उमाशंकर अगरियाले मन्त्री बन्नु नै ठूलो कुरा भएको बताएका छन् ।
‘एक दिनको लागि भएपनि ५ वर्षका लागि भएपनि कुरा त्यही हो, नेपालमा कोही पनि ५ वर्षका लागि मन्त्री बन्न पाएको छैन,’ अगरियाले क्लिकमाण्डूसँग भने ।
उनले सर्बोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताए । बढी समय मन्त्री बन्न पाएको भए काम गर्न पाइने भएपनि मन्त्रालय बारेमा बुझ्दा नै पद गएको उनको भनाइ छ ।
‘मन्त्री बनेपछि एकदिन पद जाने नै थियो, सधैका लागि हुन आएको होइन, मन्त्रालयको बारेमा बुझ्दै थिए पद गयो, यो बीचमा सहयोग गर्ने कर्मचारीलाई धन्यवाद,’ अगरियाले थपे ।