सेयर बजारमा बाउन्स ब्याक, नेप्से ७९.४३ अंकले बढ्दा यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलबारको कारोबारमा बाउन्स ब्याक गरेको छ । लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ ।

यो दिन १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँमा कारोबार भएको छ । आज २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन सव इन्डेक्सतर्फ विकास बैंक र फाइनान्स ५.७७ प्रतिशतले बढेको छ भने जलविद्युतको सव इन्डेक्स ५.४७, होटल तथा पर्यटन ३.२८ प्रतिशत, लगानी उपसमूह ४.२६ प्रतिशतले वृद्धि भएको छ ।

यो दिनको कारोबारमा जानकी फाइनान्स, वरुण हाइड्रोपावर, एचआइडीसीएल, नगाडी ग्रुप पावर र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी गुमाउने शीर्ष कम्पनीमा एसबीएल डिबेञ्चर, एनआइसी एसिया डिबेञ्चर, गोर्खाज फाइनान्स, कुमारी इक्विटी फन्ड र लक्ष्मी इक्विटी फन्ड छन् ।

यी हुन् मंगलबार सेयर मूल्य बढेका कम्पनीहरू


क्लिकमान्डु