नेप्से ७१ अंकले घट्यो, नारायणी विकास बैंकको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल धितोपत्र बोर्डको एउटा विज्ञप्तिले सेयर बजारमा आएको गिरावट कायमै छ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा सीमित भएको छ ।

यो दिन २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ कायम भएको छ ।

यो दिन २०० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा १८ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ फाइनान्स ५.१८ प्रतिशत, जलविद्युत् ५.२ प्रतिशत, विकास बैंक ४.६ प्रतिशत, होटल तथा पर्यटन समूह ४.५१ प्रतिशतले घटेको छ ।

अधिकांश कम्पनीको सेयर मूल्य घट्दा पनि नारायणी विकास बैंकको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । १ः१ अनुपातमा हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिएकाले लगानीकर्ता उक्त बैंकको सेयरमा आकर्षित भएका हुन् ।

त्यसैगरी हालै हकप्रद जारी गर्नका लागि बुक क्लोज गरेको एचआइडीसीएलको सेयर मूल्य पनि ४.३३ प्रतिशतले बढेको छ । त्यसैगरी नेपाल टेलिकम, बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि वृद्धि देखिएको छ ।

त्यसैगरी गुमाउने शीर्ष कम्पनीमा पोखरा फाइनानस, युनिर्भसल पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र प्रोग्रेसिभ फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, जोशी हाइड्रोपावरलगायतका कम्पनी छन् ।


क्लिकमान्डु