घरेलु तथा साना उद्योग र यातायात क्षेत्रको कर छुट दिने प्रदेश नम्बर १ को घोषणा



काठमाडौं । प्रदेश नम्बर १ सरकारले घरेलु तथा साना उद्योग र यातायात क्षेत्रको निषेधाज्ञा अवधिको कर तथा करमा लाग्ने शुल्क तथा जरिवाना मिहाना गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमार्फत प्रदेश सरकारले यस्तो घोषणा गरेको हो ।

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ग (लिम्बु) ले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट पेश गरेका हुन् ।

मन्त्री आङ्बुहाङ्गले कोभिड १९ महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई राहत तथा पुनरुत्थानका लागि निषेधाज्ञा अवधिभर घरेलु तथा साना उद्योग र यातायात व्यवस्था विभागबाट प्रवाह हुने कर, करको शुल्क तथा जरिवाना र थप दस्तुर मिना गर्ने बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।

त्यस्तै, संचार क्षेत्रको अनुमतिपत्र र नवीकरण दस्तुरमा छुट दिने निर्णय पनि प्रदेश नम्बर १ सरकारले गरेको छ ।

महामारीका कारण अतिप्रभावित क्षेत्रका रुपमा रहेको पर्यटन उद्योगका लागि प्रदेश नम्बर १ सरकारले विशेष योजना सार्वजनिक गरेको छ ।

‘पर्यटक उद्यमीको हात, प्रदेश सरकारको साथ’ भन्ने नाराका साथ पर्यटन क्षेत्रका क्षेत्रका लागि राहत र पुनरोत्थानको कार्यक्रम प्रदेश सरकारले घोषणा गरेको हो ।


क्लिकमान्डु