युनियन र सानिमा लाइफले आइपीओ निष्कासनका लागि बोर्डमा दिए आवेदन



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

दुबै कम्पनीले जेठ २९ गते बोर्डमा अनुमति दिएका हुन् ।

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० हजार रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् ।

दुबै कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ ।


क्लिकमान्डु