कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् मुख्य आर्थिक सूचकांक



काठमाडौं । चालु आवको १० महिनामा शोधनान्तर बचत घटेको छ । वैशाख महिनासम्मको तथ्यांक अनुसार शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ ।

तर यस समीक्षा अवधिमा भने रेमिट्यान्स भने बढेको छ । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ८०९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बिप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फिति ३.६५ प्रतिशत छ भने वैदेशिक व्यापार १०८ अर्ब ८४ करोड छ । त्यसैगरी आयात १२५४ अर्ब ११ करोड र निर्यात १०८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी चालु खर्च ६३० अर्ब २० करोड, पुँजीगत खर्च १२५ अर्ब ८८ करोड र वित्तीय व्यवस्थापनतर्फ ६८ अर्ब ७२ करोड रुपैयाँ गरी कुल खर्च ८२४ अर्ब ८१ करोड पुगेको छ ।

समीक्षा अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १२४ अर्ब ४४ करोड रुपैयाँ पुनरकर्जा प्रवाह भएको छ । यस अवधिमा विदेशी लगानी भने घटेको छ । समीक्षा अवधिमा विदेशी लगानी १९.२ प्रतिशतले घटेर १४ अर्ब ८ करोडमा सीमित भएको छ ।

यस्तो छ आर्थिक अवस्था

उपभोक्ता मुद्रास्फीति: २०७८ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ ।

२०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यू तथा तेल, मासु तथा माछा, गैर–मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थ उपसमुहको मूल्यवृद्धि क्रमशः २८.२० प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीतिः २०७८ वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । छ ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ ।

तलब तथा ज्यालादर सूचकाङ्कः २०७८ वैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ ।

वैदेशिक व्यापारः आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु.१०८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५.८ प्रतिशत र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई रु.१२५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई रु.११४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।

निर्यात-आयात मूल्य सूचकाङ्कः वार्षिक विन्दुगत आधारमा २०७८ बैशाख महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ४.७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ७.१ प्रतिशतले बढेको छ । २०७७ बैशाख महिनामा १.३ प्रतिशतले बढेको व्यापारको शर्त २०७८ बैशाख महिनामा २.३ प्रतिशतले घटेको छ ।

सेवाः समीक्षा अवधिमा खुद सेवा आय रु.५४ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.७८ करोड ८२ लाखले बचतमा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८९.२ प्रतिशतले कमी आई रु.६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५७ अर्ब ५७ करोड रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४२.३ प्रतिशतले कमी आई रु.२९ अर्ब ४९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.२२ अर्ब ५१ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.५१ अर्ब ७ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.२४ अर्ब ८२ करोड रहेको थियो ।

विप्रेषण आप्रवाहः समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.८०९ अर्ब ८९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ७७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति ज्ञड। समीक्षा अवधिमा चालु खाता रु.२४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९६ अर्ब १८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई रु.१३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी आई रु.१४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ४२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.७ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ ।

२०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले कमी आई २०७८ बैशाख मसान्तमा रु.१३९० अर्ब ८४ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई रु.१२१९ अर्ब ८१ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१७१ अर्ब ३ करोड कायम भएको छ ।

२०७८ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचकः आर्थिक वर्ष २०७७/७८ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.६ प्रतिशत, ८५.९ प्रतिशत र २८.५ प्रतिशत रहेका छन् ।

२०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए । कच्चा पेट्रोलियम एवम् सुनको मूल्य द्दद्ध। अन्तर्राष्ट्रिय बजारमा २०७७ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर २७.८९ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७८ बैशाख मसान्तमा १४८.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६९.२४ पुगेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७०८.४० रहेकोमा २०७८ बैशाख मसान्तमा ७.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १८३८.१० पुगेको छ ।

सरकारी वित्त स्थिति संघीय सरकार खर्च तथा

राजस्वः नेपाल सरकार, अर्थमन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७८ वैशाख मसान्तसम्ममा चालु खर्च रु.६३० अर्ब २० करोड, पुँजीगत खर्च रु.१२५ अर्ब ८८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.६८ अर्ब ७२ करोड गरी कुल रु.८२४ अर्ब ८१ करोड खर्च भएको छ ।

समीक्षा अवधिमा सरकारको कर राजस्व रु.७०९ अर्ब ६२ करोड र गैर कर राजस्व रु.५१ अर्ब ३८ करोड गरी कुल राजस्व रु.७६१ अर्ब (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ ।

समीक्षा अवधिमा संघीय सरकारले रु.२० अर्ब ५० करोडको ट्रेजरी विल, रु.९० अर्बको विकास ऋणपत्र, रु.२ अर्बको नागरिक वचतपत्र र रु.१ करोड ५३ लाखको वैदेशिक रोजगार वचतपत्र गरी कुल रु.११२ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

प्रदेश सरकारः आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति रु.११२ अर्ब ६८ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी रु.८२ अर्ब हस्तान्तरण गरेको छ । यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट रु.३० अर्ब ६८ करोड परिचालन गरेका छन् ।

यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च रु.९४ अर्ब १४ करोड रहेको छ । मौद्रिक स्थिति मुद्राप्रदाय घण्। आर्थिक वर्ष २०७७÷७८ को दश महिनामा विस्तृत मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ बैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय २३.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.७ अर्ब ७५ करोड (०.६ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.१२० अर्ब ९० करोड (१२.३ प्रतिशत) ले बढेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ बैशाख मसान्तमा सञ्चित मुद्रा २६.८ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जाः आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल आन्तरिक कर्जा १८.९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ बैशाख मसान्तमा यस्तो कर्जा २२.२ प्रतिशतले बढेको छ ।  समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २३.५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ बैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २३.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.० प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.२ प्रतिशतले बढेको छ ।

२०७८ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३४.३ प्रतिशत र ४९.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो । घठ। २०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४०.९४ प्रतिशत रहेको छ । २०७७ बैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४४.२५ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाहः समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २४.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले बढेको छ ।

२०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७७ बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.४ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापनः आर्थिक वर्ष २०७७/७८ को दश महिनामा रिभर्स रिपोमार्फत् रु.१०९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत् रु.१९३ अर्ब ७५ करोड गरी कुल रु.३०३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् रु.२८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत रु.३० अर्ब गरी कुल रु.५८ अर्ब तरलता प्रशोचन भएको थियो ।

समीक्षा अवधिमा रिपोमार्फत् रु.२५ अर्ब ६८ करोड र स्थायी तरलता सुविधामार्फत् रु.७४ अर्ब ६९ करोड गरी कुल रु.१०० अर्ब ३७ करोड तरलता प्रवाह गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत् रु.११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत् रु.१०० अर्ब ५८ करोड गरी कुल रु.२१६ अर्ब ४५ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब २ करोड खुद खरिद गरी रु.३५६ अर्ब ९३ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब खुद खरिद गरी रु.३४६ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो । द्धट। समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ९४ करोड बिक्री गरी रु.४६४ अर्ब ३४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १८ करोड बिक्री गरी रु.३६४ अर्ब ७४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जाः यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ बैशाख मसान्तमा रु.१२८ अर्ब ४४ करोड लगानीमा रहेको छ । यस बाहेक करिव रु.२० अर्ब पुनरकर्जा स्वीकृत भई लगानीको क्रममा रहेको छ ।

२०७८ बैशाख मसान्तसम्ममा ९५ हजार ८ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१४९ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४३ हजार ९ सय ९७ ऋणीलाई प्रवाह भएको रु.१०० अर्ब १० करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ४९ हजार ४ सय ५० महिला उद्यमीलाई प्रवाह भएको रु.४६ अर्ब ४६ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ५९ ऋणीको रु.३ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ बैशाख मसान्तसम्ममा रु.४८ करोड ६१ लाख स्वीकृत भएको छ ।

अन्तर-बैंक कारोबारः आर्थिक वर्ष २०७७/७८ को दश महिनामा वाणिज्य बैंकहरुको रु.११५६ अर्ब र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.१६४ अर्ब ९६ करोड गरी कुल रु.१३२० अर्ब ९७ करोडको अन्तर-बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.१३८० अर्ब ८५ करोड र अन्य वित्तीय संस्थाहरुको रु.११८ अर्ब ७ करोड गरी कुल रु.१४९८ अर्ब ९२ करोड अन्तर बैंक कारोबार भएको थियो ।

ब्याजदरः २०७७ बैशाखमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.५१ प्रतिशत रहेकोमा २०७८ बैशाखमा २.२८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ बैशाखमा ४.०६ प्रतिशत रहेकोमा २०७८ बैशाखमा ४.१२ प्रतिशत रहेको छ ।
मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर-बैंक ब्याजदर २०७८ बैशाखमा ४.१२ प्रतिशत रहेको छ । छद्द। वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ बैशाखमा ८.९६ प्रतिशत रहेकोमा २०७८ बैशाखमा ६.८३ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ बैशाखमा ८.९६ प्रतिशत रहेकोमा २०७८ बैशाखमा ६.८३ प्रतिशत कायम भएको छ । २०७८ बैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः ६.४४ प्रतिशत र १०.९९ प्रतिशत रहेका थिए ।

वित्तीय पहुँचः कुल ७५३ स्थानीय तहमध्ये २०७८ बैशाखसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। २०७७ बैशाखसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा बिस्तार भएका थिए ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ बैशाख मसान्तमा १३८ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७८बैशाख मसान्तमा १०,५९८ पुगेको छ।


क्लिकमान्डु