रास्वपा सभापति लामिछाने आज काठमाडौं फर्किदै


काठमाडौं। तुलसीपुर उच्च अदालतको आदेशबमोजिम थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं फर्किने भएका छन् ।

रुपन्देहीबाट थुनामुक्त भएसँगै हिजै चितवन पुगेका लामिछाने आज काठमाडौं फर्किन लागेका हुन् ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज १.५० को फ्लाइटबाट लामिछाने काठमाडौं आउने जानकारी दिए ।

बुर्लाकोटीले सामाजिक सञ्जालमा भनेका छन्– ‘सभापतिज्यू आज १ः५० को फ्लाइटबाट काठमाडौं आउनुहुनेछ । करिब २ः१५ मा काठमाडौँ एयरपोर्टमा स्वागत गर्ने छौँ।’

आजै काठमाडौं आएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको छ।

लामिछानेले आज चितवनमा सम्बोधन गर्दैछन्। हिजो रिहा भएका लामिछानेले भरतपुर चौबीस कोटीमा केहीबेरमा विशेष सम्बोधन गर्न लागेको प्रवक्ता मनिष झाले बताए। लामिछानले हिजै चितवन पुगिसकेका छन्।