एक्सल डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि अनुमति माग्दै बोर्डमा दियो आवेदन
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०:३ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बोर्डमा जेठ २७ गते अनुमतिका लागि आवेदन दिएको हो ।
कम्पनीले २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद सेयरका लागि आवेदन दिएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।