क्यासिनोबाट प्राप्त हुने राजस्व जम्मा १ करोडमा सीमित



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण उत्पन्न समस्याको असर क्यासिनोबाट हुने आम्दानीमा देखिएको छ । महामारी नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनका कारण क्यासिनोहरु बन्द भएका छन् ।

क्यासिनो बन्द हुँदा त्यसको सोझो असर राजस्वमा पनि देखिएको छ । कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा असर पर्दा क्यासिनोबाट हुने राजस्वमा पनि ठूलो कमी आएको छ ।

अर्थमन्त्रालयका अनुसार २०७७÷७८ को फागुनसम्ममा नेपालभर १० वटा क्यासिनो दर्ता भइ सञ्चालनमा छन् । आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्रै खेलाइने खेल (मिनि क्यासिनो)तर्फ ५ क्यासिनो दर्ता भइ सञ्चालनमा रहेका छन् ।

जसबाट आर्थिक वर्ष २०७६÷७७ मा ५८ करोड ७६ लाख ६८ हजार ४ सय रावस्व प्राप्त भएको थियो भने चालु आर्थिक वर्षमा १ करोड १ लाख रुपैयाँ मात्रै राजस्व प्राप्त भएको छ ।


क्लिकमान्डु