नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिए राजीनामा



काठमाडौं । नेपाल वायूसेवा निगमको अध्यक्ष पदबाट सुशील घिमिरेले राजीनामा दिएका छन् । उनले यसको जानकारी फेसबुकमार्फत् दिएका छन् ।

नवनियुक्त पर्यटनमन्त्री उमाशंकर अगरियाको दबाबमा राजीनामा दिएको हल्ला मात्रै भएको भन्दै घिमिरेले आफ्नो चिनजान समेत नभएको बताए ।

यता मन्त्री अगरियाले राजीनामा आएको तर स्वीकृत नभएको क्लिकमान्डूलाई जानकारी दिए ।

‘उहाँको राजीनामा आएको छ तर स्वीकृत भएको छैन,’ उनले भने, ‘मैले उहाँलाई भेटेको र चिनेको पनि छैन । मसँग जोडिएको विषयमा सत्यता छैन,’ उनले भने ।

गत वर्षको वैशाखमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष र पछि बोर्ड अध्यक्ष बनाएका थिए ।

भट्टराईले निगम सुधारका लागि अध्ययन गर्न बनाएको कार्यदलको संयोजक समेर रहेका घिमिरे पूर्वपर्यटन सचिव समेत हुन् ।


क्लिकमान्डु