यस्तो छ प्रधानमन्त्री केपी ओलीको २५ सदस्यीय नयाँ मन्त्रिपरिषद्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद् बिस्तार गरेका छन् । रिक्त रहेका केही पदमा कामचलाउ सरकारले नयाँ मन्त्री नियुक्त गरेको हो ।

जसअनुसार ओलीले गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनी राना, उद्योग मन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र विनाबिभागीय मन्त्रीमा मोहन बानियाँलाई नियुक्त गर्न लागेका हुन् । त्यसैगरी वनराज्यमन्त्रीमा आशा विकलाई नियुक्त गरेका हुन् ।

ओलीले बिस्तार गरेको नयाँ मन्त्रिमण्डलमा १४ जना एमालेबाट र ११ जना जसपाबाट छन् ।

जसअनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् भने विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, रघुबीर महासेठ उपप्रधान तथा परराष्ट्रमन्त्री, राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री छन् ।

त्यसैगरी खगराज अधिकारी गृहमन्त्री, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार झा खानेपानीमन्त्री, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।

त्यसैगरी लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री, लिलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिलामन्त्री, नैनकला थापा सञ्चार तथा सूचना मन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास मन्त्री, विमलप्रसाद श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा छन् ।

साथै उमाशंकर अगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री, नारदमुनी राना वन तथा वातावरणमन्त्री, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिनाविभागीय मन्त्री छन् ।

साथै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी उर्जा, जलस्रोत तथा सिँचाइ, रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र आशाकुमारी विक वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।


क्लिकमान्डु