आगामी आर्थिक वर्षभित्रै वस्तु विनियमय बजार शुरु गर्छौं: अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आथिर्क वर्ष २०७८/७९ भित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने बताएका छन् ।

सरकारले बजेट वक्तव्यमा कमोडिटी मार्केट सञ्चालन गर्ने विषय राखेको र त्यसको कार्यान्वयनका लागि तयारी शुरु भईसकेको पछि अर्थमन्त्री पौडेलले बताए ।

नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सबका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।

‘वस्तु विनिमय बजार सञ्चालन गर्ने भनेर बजेटमा राखिएको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि हामीले प्रकृया पनि शुरु गरिसकेका छौं,’ उनले भने, ‘पुँजीबजार थप अनुशासित र बिस्तारित बनाउन सबै प्रयासहरु रहनेछन् ।’

अहिले पुँजीबजारमा लगानीकर्ता र लगानी रकम बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासको रुपमा बुझेको पौडेलले बताए । त्यस्तै मुलुकको आर्थिक वृद्धिदरमा पूँजीबजार र धितोपत्र बोर्डले सकारात्मक भूमिका खेलेको पनि उनलेको भनाई छ ।

‘धितोपत्र बोर्डले पुँजीबजारको व्यवस्थापन, नियमन र दायरा विस्तारका लागि थप सशक्त र प्रभावकारी भूमिका खेल्न जरुरी छ । नियामकीय भूमिका सशक्त ढंगले पालना गर्न बोर्डले कुनै कसर नराखोस्,’ अर्थमन्त्री पौडेलले भने ।


क्लिकमान्डु