सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो भने मंगलबार ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको थियो भने मंगलबार ५ रुपैयाँ बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ ।