राजस्व छली गर्ने विभिन्न व्यक्तिविरुद्ध १७ करोड बढी बिगो दावीसहित मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली विल बनाइ राजस्व छली गर्ने विभिन्न व्यक्तिहरु विरुद्ध १७ करोड बढी रुपैयाँको बिगो दावी गर्दै मुद्दा दर्ता गरेको छ ।

विभागका अनुसार सुनसरी धरान बस्ने ग्लोवल इम्पेक्स इन्टरनेशनलका प्रोप्राइटर किसन कुमार अग्रवालविरुद्ध ४ करोड ४२ लाख ७ हजार ६७४ रुपैयाँ बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी धरान निवासी रामनिवास अग्रवालविरुद्ध ४ करोड ५२ लाख ४२ हजार ७५३ रुपैयाँ बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

साथै विभागले रुपन्देही सिद्धर्थनगर बस्ने श्यामकुमार बानियाविरुद्ध ५ करोड ५० लाख ८४ हजार ४२ रुपैयाँ बिगो दावीसहित उच्च अदालत तुलसिपुर मुद्दा दर्ता गरेको हो ।

त्यसैगरी पर्सा वीरगञ्ज निवासी भुसा सप्लायर्सका सञ्चालक दीपेन्द्र प्रसाद कलवार समेत ४ जनाविरुद्ध १ करोड २२ लाख ५० हजार ९०८ रुपैयाँ बिगो दावीसहित जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरिएको हो ।

साथै काठमाडौं कुलेश्वर बस्ने सत्यनारायण प्रसादविरुद्ध ९९ लाख ७५ हजार ६०० रुपैयाँ बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

साथै रौतहट वृन्दावन नगरपालिका निवासी अमन कुमार तिवारीविरुद्ध ४० लाख रुपैयाँ विगो दावीसहित उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरिएको हो ।


क्लिकमान्डु