निषेधाज्ञामा इकमर्श व्यवसाय सञ्चालन गर्न पाऊँ भनि दर्ता भएको रिटमा सर्वोच्चले दियो अन्तरिम आदेश



काठमाडौं । निषेधाज्ञा अवधिमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको छ ।

सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको रिट निकेत अग्रवाललगायतले दायर गरेका थिए ।

निषेधाज्ञाको समयमा पनि फूड डेलिभरी तथा इ-कमर्श कम्पनीहरुले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको हो । उनीहरुले निषेधाज्ञामा पनि व्यवसाय सञ्चालनको माग गर्दै रिट हालेका दिए ।

अहिले सरकारी कम्पनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न इकमर्श कम्पनीमार्फत् सेवा उपलब्ध गराइरहेको थियो । सोही आधारमा रिट दर्ता गरिएको थियो ।

अन्तरिम आदेश अनुसार अब निषेधाज्ञामा पनि फूड डेलिभरी र इकमर्श कम्पनीहरुले सेवा सञ्चालन गर्न पाउनेछन् ।


क्लिकमान्डु