नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १७८ डलरले घटायो



काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य चर्को रहेको भन्दै पटक-पटक विषय उठान भएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा भारी कटौती गरेको छ ।

आयल निगमको आइतबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

उनका अनुसार हाल कायम भइरहेको प्रतिकिलो लिटर ८९३ डलर रहेकोमा त्यसमा १७८ डलर घटाएर प्रतिकिलो लिटर ७१५ डलर कायम गरिएको छ ।

नयाँ कायम भएको मूल्य जेठ २३ गते राति १२ बजेदखि लागू हुने निगमको भनाइ छ ।

निगमको सञ्चालक समितिले कोरोनाको कारण सिर्जना भएको वर्तमान अवस्था रहुञ्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति अनुसार नयाँ मूल्य कायम गरेको हो ।

पछिल्लो १ वर्षको अवधिमा हवाई इन्धनबाट निगमलाई पाक्षिकरुपमा १ करोड ५० लाख रुपैयाँ नाफा हुँदै आएको थियो ।

आजसम्म निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशतसम्म नाफा छ । जबकी यसभन्दा अघि अन्तर्राष्ट्रिय हवाई इन्धनमा ७० प्रतिशतसम्म निगमले नाफा लिँदै आएको थियो ।


क्लिकमान्डु