विनोद चौधरीको नेपाल आइस वियर उद्योगमा आगलागी



काठमाडौं । नेपाल आइसको वियर प्लान्टमा आगलागी भएको छ । नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राम भित्रको नेपाल आइस वियर प्लान्टमा बुधबार बिहान साढे ८ बजेतिर आगलागी भएको हो ।

प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेका छन् । के कति कारणले आग्लागी भयो भन्ने प्रष्ट कारण खुलेको छैन ।

आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।


पुष्प दुलाल