बाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई दिएको ५० लाख फिर्ता लियो



काठमाडौं । बाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई दिएको ५० लाख फिर्ता लिने निर्णय गरेको छ ।

मदन भण्डारी फाउण्डेसनलाई दिने भनिएको ५० लाख रुपैयाँ अनुदानमा विरोध भएपछि फिर्ता लिने निर्णय गरिएको प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले जानकारी दिए ।

उनले उक्त विषयलाई लिएर संसद नै अवरुद्ध गरेपछि सरकारको ध्यानाकर्षण भएको भन्दै उक्त निर्णय फिर्ता लिएको बताए । उनले मदन भण्डारीकै नाममा असहमति किन राखियो भन्नेमा पनि सोच्न आग्रह गरे ।

उनले यसैवर्ष पनि पोष्टबहादुर बोगटी स्मृति पार्क, तुलसीलाल स्मृति प्रतिष्ठान सुवर्ण शमशेर प्रतिष्ठान, सहिद प्रतिष्ठान नेपाल भरतपुर लोक कल्याणीकारी प्रतिष्ठान र आगामी वर्षका लागि पनि बिपी कोइराला, जिपी कोइरालालगायतका नेताका नाममा पनि रकम माग गरिएको बताए ।


क्लिकमान्डु