४०० सीसीमाथिको मोटरसाइकल, स्कुटर र हाइब्रिड कारको मूल्य घट्ने



काठमाडौं । ठूला इन्जिन क्षमताका मोटरसाइकल र स्कुटरको मूल्य घट्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक अध्यादेश मार्फत ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरमा लाग्ने सडक निर्माण दस्तुर घटाए हो ।

योसँगै ४०० सीसी माथिका मोटरसाइकल तथा स्कुटर सस्तो हुने भएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरको सडक निर्माण दस्तुर १ लाख रुपैयाँले घटाएका हुन् । यसअघि ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरमा २ लाख रुपैयाँ प्रतिगोटा सडक निर्माण दस्तुर लाग्ने गरेको थियो ।

त्यसैगरी, सरकारले हाइब्रिड कारको अन्तःशुल्क घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अध्यादेशमार्फत् हाइब्रिड कारको अन्तःशुल्क २० प्रतिशत विन्दुले घटाएका हुन् ।

यसअघि हाइब्रिड कारमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो । अहिले यसलाई घटाएर ४० प्रतिशतमा झारिएको छ । हाइब्रिड र प्लगइन हाइब्रिड दुवैको अन्तःशुल्क ४० प्रतिशत कायम गरिएको हो ।


पुष्प दुलाल