चुरोट र सुर्तीमा बढ्यो कर, कुनमा कति बढ्यो ?



काठमाडौं । सरकारले सुर्ती र चुरोटमा कर बढाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुर्ती र चुरोटमा लाग्दै आएको अन्तशुल्क बढाएको हो ।

जसअनुसार डाँठबाट नछुट्याइएको वा ननिकालिएको सुर्तीमा प्रति किलोग्राममा ९५ रुपैयाँबाट बढाएर ११८ रुपैयाँ बनाएको छ । साथै आंशिक वा पूर्णरुपमा डाँठबाट छुट्याइएको वा निकालिएको सुर्तीमा प्रतिकिलोग्राममा पनि ११८ रुपैयाँ बनाएको छ ।

साथै सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली १७ रुपैयाँबाट बढाएर अन्तशुल्क २१ रुपैयाँ बनाएको छ । साथै सुर्तीमा चुरोटमा प्रति एम अन्तशुल्क ४९५ रुपैयाँबाट बढाएर ६१८ रुपैयाँबाट बनाएको छ ।

साथै ७० मिमिसम्म लम्बाइ भएको चुरोट प्रतिएममा ११३५ रुपैयाँबाट बढाएर १४१८ रुपैयाँ अन्तशुल्क बढाएको छ । साथै ७० भन्दाबढी ७५ मिमिसम्म १४७५ रुपैयाँबाट बढाएर १८४३ रुपैयाँ प्रतिएमएम बनाएको छ ।

साथै ७५ भन्दाबढी ८५ मिमिसम्म लम्बाइ भएकोमा प्रतिएमएम १९२० रुपैयाँबाट बढाएर २४०० रुपैयाँ अन्तशुल्क कायम गरेको छ भने ८५ मिमिभन्दा बढी लम्बाईको चुरोटको हकमा २८१५ रुपैयाँ अन्तशुल्क रहेकोमा अब ३३९३ रुपैयाँ कायम गरिएको छ ।

तयारी बिँडीको हकमा प्रतिएम ९० रुपैयाँबाछ ९४ रुपैयाँ कायम गरिएको छ भने सबै प्रकारका सिगारमा प्रति सिगारमा १७ रुपैयाँबाट बढाएर २१ रुपैयाँ कायम गरेको छ ।

पाइप टोबाकोको हकमा प्रतिकिलोग्राम १३३५ रुपैयाँलाई बढाएर १६६८ रुपैयाँ कायम गरिएको छ भने चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्तीको हकमा प्रतिकिलोग्राम २७५ रुपैयाँबाट बढाएर ३४३ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी हुक्का फ्लेवरमा प्रतिकिलोग्राम १ हजार रुपैयाँबाट बढाएर १ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।


पुष्प दुलाल