विदेशी बैंकबाट लिएको ऋणको ब्याज भुक्तानीमा बैंकलाई कर छुट



काठमाडौं । सरकारले विदेशी ऋणको ब्याज भुक्तानीमा कर छुट दिएके छ । विदेशी वित्तीय संस्थाबाट बैंकहरुले लिएको ब्याज भुक्तानीमा लाग्ने अग्रिम करको दर घटाएको अर्थमन्त्री बिष्णु पौडेलले बताए ।

उनले आर्थिक वर्ष २०७८/७८ को बजेट वक्तव्यमा सो बताएका हुन् । बैंकहरुले विदेशी बैंकबाट लिएको ऋणको ब्याज भुक्तानी गर्दा १५ प्रतिशत टिडिएस लाग्दै आएको छ । जुन भुक्तानी हुने ब्याजबाटै कटौती हुन्छ ।

साथै, सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याजमा अग्रिम कर कट्टी गर्न नपर्ने व्यवस्था गरिएको उनले बताए ।


पुष्प दुलाल