कोरोनाले संकटग्रस्त बनेको अर्थतन्त्र ६.५ प्रतिशतले बढाउने सरकारको महत्वाकांक्षी लक्ष्य



काठमाडौं । सरकारले कोरोना महामारीकैबीच महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राख्दै बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष राख्दै अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजानिक गरेका छन् ।

आगामी आवमा खोपको उपलब्धता, पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुने भएकाले आर्थिक वृद्धिमा सहयोग पुग्ने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

तर, केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धिदर ४.०१ प्रतिशतमै सीमित रहेन संशोधित अनुमान गरेको छ । निषेधाज्ञा लम्बिए उक्त संशोधित लक्ष्य पूरा हुने दखिँदैन ।


पुष्प दुलाल