कर्मचारीको तलब २ हजार बढ्दा कार्यालय सहयोगीको तलब २४ हजार बढी, कसको कति पुग्यो ?



काठमाडौं । सरकारी कर्मचारीको तलब वृद्धि भएको छ । आगामी साउनबाट लागु हुनेगरी सरकारले सबै कर्मचारीको तलबमानमा समान २ हजार रुपैयाँ बढाएको हो ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको हो ।

२ वर्ष अघि अर्थात आर्थिक वर्ष २०७५/७६ मा मात्र कर्मचारीको तलब रात्रपत्रांकितका लागि १८ प्रतिशत र राजपत्रअनंकितका लागि २० प्रतिशत बढाएको थियो ।

तलब बढेसँगै कर्मचारी संयन्त्रको सबैभन्दा माथिल्लो तह मुख्य सचिवको तलब मासिक ६७ हजार १३६ रुपैयाँ पुगेको छ । यो कर्मचारीले पाउने विभिन्न सेवा सुविधाबाहेकको तलबमान हो ।


क्लिकमान्डु