लघु, घरेलु तथा साना उद्योगीलाई आयकरमा छुट, कस्लाई कति ?



काठमाडौं । सरकारले लघु, घरेलु तथा साना उद्योगीहरुलाई आयकरमा छुट दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए ।

उनले आर्थिक वर्ष २०७७/७८ मा आय विवरण अनुसार लघु, घरेलु, तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने करदातालाई ९० प्रतिशत, २० लाखदेखि ५० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत र ५० लाखदेखि १ करोडसम्म कारोबार गर्ने करदातालाई ५० प्रतिशत छुट दिने बताए ।


क्लिकमान्डु