विद्युतीय सवारीको आयातमा अन्तःशुल्क नलाग्ने



काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लगाइएको अन्तशुल्क खारेज गरेको छ । साथै भन्सार महसुल पनि घटाइएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।

यसअघि सार्वजनिक यातायतामा १ प्रतिशत र निजीमा १० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो ।


क्लिकमान्डु