सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने युवराज खतिवडाको नीति खारेज



काठमाडौं । सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई सुम्पिने युवराज खतिवडाको नीति खारेज भएको छ ।

चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सरकारी विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने निकै विवादास्पद नीति लिएका थिए । अहिलेका अर्थमन्त्री विष्णु पौडेलले उक्त नीति खारेज गरेका हुन् ।

पौलेडलले आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै खतिवडाको उक्त नीतिलाई निरन्तरता दिएनन् ।

खतिवडाको बजेटमा भनिएको थियो ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्तम सञ्चालन गर्न सबै निजी विद्यालयले सामािजक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामाग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने छ।’

चौतर्फी आलोचना भएपछि सरकारले यो कार्यक्रम लागू गरेको थिएन ।

अर्थमन्त्री परिवर्तन भएपनि प्रधानमन्त्री र अन्य अधिकांश मन्त्रीहरु भने परिवर्तन भएका छैनन् । तर, खतिवडाको नीति भने आफ्नै पार्टीको र उही प्रधानमन्त्रीको सरकारले खारेज भएको छ ।


पुष्प दुलाल