राष्ट्रपति शैक्षिक सुधारका लागि १० अर्ब, प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा



काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट ह्वात्तै बढाएर १० अर्ब रुपैयाँ पुर्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत् यस्तो जानकारी गराए । चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

राष्ट«पति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अधिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ ।

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

उनका अनुसार स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवलाई सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराइने छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ ।


पुष्प दुलाल