काठमाडौंमा प्रदुषण घटाउन उद्योगलाई मकवानपुरमा सारिने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका उद्योगलाई मकवानपुरमा सार्ने घोषणा गरेको छ ।

काठमाडौंबाट मकवानपुरमा जाने उद्योगले १० वर्षसम्म निशुल्क जग्गा प्रयोग गर्न पाउने छन् ।

यस्तै ति उद्योगको लागि चाहिने सामाग्री आयात गर्दा १ प्रतिशतमात्र भन्सार शुल्क लाग्ने छ । उद्योगले प्रयोग गर्न डिमाण्ड शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।


क्लिकमान्डु