३ लाख २५ हजार रोजगारी सिर्जना गर्न १३ अर्ब ४० करोड रुपैयाँ बजेट



काठमाडौं । सरकारले सरकारले आगामी वर्ष ३ लाख २५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसको लागि सरकारले १३ अर्ब ४० करोड रुपैयाँ बजेट छुट्याएको अर्थ मन्त्री बिष्णू पौडेलले बताए ।

सबै नागरिकलाई रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ बजेट छुट्याएको हो । सरकारी, निजी र गैरसरकारी निकायसँग समन्यव गरी आगामी वर्षसम्म २ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्री पौडेलले बताए ।

उनले चालु आर्थिक वर्ष २०७८÷०७९ बजेट विनियोजन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनरसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गरिने बताएका हुन् ।

जसका लागि स्थानिय स्तरमा सञ्चालनह हुने सडक, सिँचाई, भवन, पुल, नदी नियन्त्रणका निर्माण तथा वृक्षारोपण लगायत संघ, प्रदेश र स्थानीयतहका आयोजनाका रोजगार केन्द्रमा बेरोजगार युवालाई सुचीकृत गरी काममा लगाइने गरी खरिद सम्झौता गर्ने व्यवस्था गरिनेछ ।

विदेशबाट फर्किएका युवा तथा स्वदेशमै रोजगारी गुमाएका युवालाई हस्तकला, सिकर्मी, डकर्मी, कुक, सिलाइ कटाइ लगायत विभिन्न सिप मुलक तालिमको व्यवस्था गरी थप १ लाख व्यक्तिलाई रोजगार सिर्जना गर्न ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सिप मुलक तालिमको व्यवस्था गर्न उत्पादन मुलक उद्योगमा प्रक्षिर्थी कामदारलाई ३ महिना बराबरको न्यूनतम पारिश्रमिक उपलब्ध गराई तालिमको व्यवस्था गर्न १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सो कार्यक्रम अन्तर्गत तालिम लिनेलाई २ वर्षसम्मको रोजगारीको व्यवस्था गरिनेछ । जसबाट आगामी बर्ष थप २५ हजार रोजगारी सिर्जना हुने लक्ष्य राखिएको छ ।


पुष्प दुलाल