[LIVE] आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण शुरु गरेका छन् ।

शनिबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट भाषण शुरु गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेको हो ।

यसअघि राष्ट्रपति कार्यालयले बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश जारी गरिसकेको छ ।


क्लिकमान्डु