निषेधाज्ञामा खाद्यान्न चाहियो ? यी २ सरकारी कम्पनीले काठमाडाैंका टोलटोलमै पुर्याउँदैछन्



काठमाडौं । जेठ १४ गतेदेखि काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लागू हुने भएको छ । जसअन्तर्गत किराना, खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरु बन्द हुनेछ ।

सरकारले यसअघि नै काठमाडौं उपत्यकाबासीका लागि एक साताका लागि खाद्यान्नको जोहो गर्नु भनिसकेको अवस्था छ । यस्तो अवस्थामा यसबीचमा खाद्यान्नको कमी भएमा सरकारले दुई वटा सरकारी कम्पनीमार्फत् खाद्यान्न उपलब्ध गराउने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाद्यान्न स्थानीय स्तरमै उपलब्ध गराउनेछन् ।

यसका लागि यी दुई कम्पनीले मोबाइल गाडीमार्फत् स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद बिक्रीको व्यवस्था मिलाइएको कार्यालयको भनाइ छ ।

कार्यालयले यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा र खाद्यान्न सम्बन्धि जुनसुकै समस्या भएमा मोबाइल नम्बरसहित सम्पर्क व्यक्तिको नाम समेत सार्वजनिक गरेको छ ।


क्लिकमान्डु