प्राइम बैंकले वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री दियो
काठमाडौं । प्राइम बैंकले कोभिड १९ महामारीविरुद्ध लड्न वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ ।
बैंकले अस्पताललाई पीपीई, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको हो ।
बैंकका संचालक मनोज पौडेलले वीर अस्पतालका प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।