निषेधाज्ञामै बैंकले दिए २२ अर्ब ऋण, ३८ अर्ब निक्षेप थपियो



काठमाडौं । सरकारले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि निषेधाज्ञा लगाइएको हो ।

बैशाख १७ देखि जेठ ७ गतेसम्ममा वाणिज्य बैंकहरुले २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा बैंकहरुले ३८ अर्ब रुपैयाँ थप निक्षेप संकलन गरेका छन् ।

राष्ट्र बैंकका अनुसार गत बैशाख १७ गते ३९ खर्ब २३ अर्ब रहेको कुल निक्षेप जेठ ७ गतेसम्म आइपुग्दा ३९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, ३५ खर्ब ९४ अर्ब रहेको कर्जा बढेर ३६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।

‘नयाँ ऋणहरु खासै गएको छैन, पहिले नै प्रक्रियामा रहेको स्वीकृत भएको र स्वीकृत भइसकेको कर्जा मात्रै प्रवाह गरिएको छ,’ बैंकरहरु भन्छन् ।

पछिल्लो समय सरकारले निषेधाज्ञालाई थप कडा बनाएको छ । जसको ठूलो असर पर्ने बैंकरहरु बताउँछन् ।


पुष्प दुलाल