प्रभु बैंकको ८.५ प्रतिशत ब्याजदर पाइने ४ अर्बको डिबेन्चर बिक्री खुल्ला



काठमाडौं । प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र यही जेठ ११ गतेदेखि निष्काशन गर्ने भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख इकाइ डिबेञ्चरले हुन आउने कुल रकम ४ अर्ब मध्ये १६ लाख इकाइ अर्थात् १ अर्ब ६० करोड ऋणपूँजी रकम ५ प्रतिशत अर्थात् ८० हजार इकाइ सामुहिक लगानी कोषका लागि छुट्टयाईएको छ । २४ लाख इकाइ अर्थात् २ अर्ब ४ं० करोड ऋण पूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट किन्न पाउने छन् ।

सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्णआवेदन नपरेमा निष्काशन अवधि जेष्ठ २६ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक श्री मेगा क्यापिटल मार्केट्स रहेको छ ।


पुष्प दुलाल