सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार ४ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो भने शुक्रबार ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको थियो भने शुक्रबार १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु