लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिउँः बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिन आग्रह गरेका छन् ।
‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको आहम् प्रश्न हो । जे गरेर रक्षा हुन्छ त्यही गरौं,’ उनले भनेका छन्, ‘लौरो उभ्याएर भए पनि धारा ७६ (५) को वैकल्पिक सरकार दिउँ । आजै गरौं, अहिल्यै गरौं ।’
उनले विपी/पीएलदेखि हाम्रो पुस्तासम्म लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने बताए ।
संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!
— Baburam Bhattarai (@brb1954) May 21, 2021