सेयर खरिदबिक्री गर्न उत्साहित बनाउने सूचना दिए कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी



काठमाडौं । धितोपत्र बोर्डले कुनै पनि कम्पनीको सेयर किन्न र बेच्नको लागि सुझाव दिने काम नगर्न चेतावनी दिएको छ।

सामाजिक संजाल तथा संचारमाध्यममा कुनै कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने भनेर किन्न र बेच्नको लागि उत्साहित नबनाउन आग्रह गरेको छ ।

पछिल्लो समय फेसबुकका विभिन्न ग्रुपमा कुनै कम्पनीको सेयर किन्न र बेच्नको लागि विभिन्न खाले उत्साहित बनाउने कुरा आउने गर्छ । संचारमाध्यममा समेत यस्तै खाले सूचना आउने गर्छ ।

बोर्डले यस्तो खाले कामको लागि बोर्डबाट अनुमति लिनुपर्ने र यस्तो सूचना दिएमा धितोपत्र बोर्ड ऐन अनुसार कारवाही गरिने जनाएको छ ।


क्लिकमान्डु