व्यवसायी निकुञ्ज अग्रवालको सुझावः अर्थतन्त्र बचाउन व्यालेन्स अप्राेचकाे बजेट ल्याउनुपर्छ



काठमाडौं । व्यवसायी निकुञ्ज अग्रवालले अहिलेको स्वास्थ्य संकट टार्दै अर्थतन्त्र बचाउनका लागि सन्तुलित बजेेेेेटकाे खाँचाे रहेेको  बताएका छन् । अर्थतन्त्र बचाउन कस्तो बजेट आउनुपर्छ भन्ने विषयमा बिहीबार क्लिकमाण्डूसँग कुरा गर्दै देशकै ठूला व्यापारिक समूह विशाल ग्रुपका सञ्चालक रहेका अग्रवालले यस्तो बताए ।

अग्रवालकै शब्दमा

सबैभन्दा पहिले त बजेटले अर्थतन्त्रलाई बचाउनका लागि केन्द्रित बजेट ल्याउनुपर्छ । व्यक्तिगतरुपमा भन्दा पनि अर्थतन्त्र चलायमान बनाउनका लागि केन्द्रित बजेट हुनुपर्छ ।

अहिलेको कोरोनाका कारण मुलुक समस्यामा छ । त्यसैले समग्र देश र अर्थतन्त्रलाई बचाउनुपर्छ । मेरो उद्योगका लागि मात्रै भन्ने होइन, समग्र देशका लागि हुनेगरी बजेट आउनुपर्छ । मुलुकमा अहिले स्वास्थ्य संकट पनि छ । त्यसैले कोरोनाबाट मानवीय जीवन र अर्थतन्त्र दुबैलाई बचाउनुपर्छ ।

आगाी बजेटको मुख्य ध्यान अर्थतन्त्रलाई बचाउन केन्द्रित हुनुपर्छ । सरकारले ब्यालेन्स अप्राेचकाे कर नीति अबलम्बन गर्नुपर्छ ! एकातिर सरकारलाई राजस्व चाहिन्छ , अर्कोतिर व्यवसायी  पनि बाँच्नुपर्छ । व्यवसाय बचाउन रिलिफ प्याकेजकाे पनि खाँचो छ । सबै सर्भाइभ हुने खालको बजेट ल्याउनुपर्छ  ।  


पुष्प दुलाल