मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ्ग सेवा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ ।

निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जासग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ मा मिस्ड कल दिन बैंकले आग्रह गरेको छ ।

यसैगरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


पुष्प दुलाल